काठमाडौँ। आइतबार सुनको मुल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार ४ सय रूपैयाँले बढेर ताेलाकाे १ लाख ९६ हजार ५ सय रुपैयाँ कायम भएकाे छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै ,आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेकाे छ। याेसँगै आज चाँदीको मूल्य प्रतितोला २२५० रुपैयाँ पुगेको छ ।