Skip to content
nabil bank inside

अब एकपटकका लागि जन्मदर्ताको विवरण सच्याउन मिल्ने

nmb bank inside

काठमाडौँ। अब एकपटकका लागि जन्मदर्ताको विवरण सच्याउन मिल्ने भएको छ। राज्यले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ मा संशोधन गर्दै व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने व्यवस्था गरेको हो ।

जन्मदर्ताको विवरण नमिलेर झन्झट पाएका हरुका लागी अबभने केहि सहज हुने भएको छ। कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा उल्लेखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनुपरेमा सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सकिनेछ।

गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार पारेपछि सोहीअनुसार स्थानीय तहमा निवेदन दिन सकिने व्यवस्था लागू हुनेछ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्