काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ६३.७३ अंकले घटेसँगै शेयर बजारमा ठुलो गिरावट आएको छ ।आज नेप्से परिसुचक २.१८ प्रतिशतले घट्दै २८५८.९० बिन्दुमा झरेर रोकिएको छ । यसअघि तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ ।
यस दिन कुल ३१९ स्टकको १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० रुपैयाँ बराबरको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार बिहीबार कुल १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको थियो ।आज सेन्सेटिभ इन्डेक्स १०.३७ अंकले घटेको छ । फ्लोट इण्डेक्स ४.२२ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.५२ अंकले घटेको छ ।
यसदिन ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १०४.३० रुपैयाँले बढेर ११४८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी शिवश्री हाइड्रोपावरको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता १९.२७ रुपैयाँले बढेर २१२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, थ्रि स्टार हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ३९.८४ रुपैयाँले बढेर ९१५.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नारायणी विकास बैंकको शेयर मूल्यपनि प्रतिकित्ता ६४.१० रुपैयाँले बढेर १७२२.८६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन सान्भि इनर्जी र समता घरेलु लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर १०÷१० प्रतिशतले घटेको छ । सान्भी इनर्जीको शेयर मूल्य ८९.१० रुपैयाँले घटेर ८०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ११८.६५ रुपैयाँले घटेर १०७२.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, सिवम् सिमेन्ट र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।