Skip to content
nabil bank inside

अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन छ : सांसद श्रेष्ठ

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे पटकपटक सरकारसँग छानबिनका लागि माग गर्दा पनि सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको बताए ।

उनले भिजिट भिसा प्रकरणमा जो कोहि दोषि भएतापनि कारबाही हुन पर्ने माग राखेका छन् । भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार व्यक्तिगत भुल वा प्रशासनिक त्रुटि नभई साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको र्कतुत रहेको उनले बताए ।उनले भने,‘युवाहरु भविष्यका कर्णधार हुन् । उनिहरु रोजगारि र शिक्षाको खोजिमा आशाको दियो लिएर अवसरको लागि बाध्य छन् । तर त्यहि आशालाई ध्वस्त पार्ने र राष्ट्रको नाममा धब्बा लगाउने काम भै रहेको छ ।

भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार । यो व्यक्तिगत भुल होइन,प्रशासनिक क्रुटि होइन साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको र्कतुत हो र यो काण्डको जरा कहाँ सम्म फैलिएको छ भन्ने कुरा प्रत्येक नेपालीको मनमा रहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भिजिट भिसा काण्डमा अझैसम्म सत्य पूर्ण रुपमा बाहिर आउन सकेको छैन ।

अहिले बनेको समिती हाम्रो र आम नागरिकको नजरमा मात्र टालटुले समिती हो । भिजिट भिसा प्रकरणमा दोषि जो भएतापनि कडा भन्दा कडा कारबाही होस् । पटक –पटक सरकार सँग आग्रह गर्यौ छानवीन गर दोषीलाई कारबाही गर सरकार मौन छ , पन्छिन खोज्दैछ र दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन देखिन्छ ’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्