Skip to content

बुधबार सुनको मूल्य घट्दा, चाँदीको बढ्यो

काठमाडौँ । बुधवार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो।

सो गिरावट पछि आजका लागि सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छ। मङ्गलवार सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्