काठमाडौँ । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले उत्कृष्ट नतिजासहित एमफिलमा पुरा गरेका छन्। त्रिभुवन विश्वविद्यालयका अनुसार पाण्डे दुवै सेमेस्टरमा सर्वोत्कृष्ट (टपर ) बनेका हुन्।
पाण्डेले ६७ वर्षको उमेरमा राजनीति सँगसँगै अध्यनलाइ पनि निरन्तरता दिएर एमफिल उत्कृष्ट नतिजासहित पुरा गरेका छन् । उनीसँगै उनकी पत्नी पूर्ण शोभा चित्रकारले पनि तेस्रो स्थानमा रहेकी छिन। पाण्डेका दम्पतीले शैक्षिक वर्ष २०८०/८१ मा एउटै कक्षामा अध्ययन गरेका थिए। यस दम्पतीले उत्कृष्ट नतिजासहित एमफिल पुरा गरेका कारण उनीहरू सिधै पिएचडीमा छनोट भएका छन् । जसअन्तर्गत एमफिलको तेस्रो सेमेस्टर नै पिएचडीको पहिलो सेमेस्टर सरह हुनेछ।
पाण्डेले यसअघि समाजशास्त्रमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक तथा स्नातकोत्तर पूरा गरिसकेका छन्। लामो समय देखि राजनीतिक जीवनसँगै उनले शैक्षिक क्षेत्रलाई निरन्तरता दिँदै आएका छन्।उनले समाजमा अध्यनलाइ उमेरले असर गर्दैन भनेर प्रमाणित गरेर देखाएका छन् । निरन्तर मेहनत गरेर राजनीति सँगै अध्ययनमा पनि सफलता हासिल गरेका पाण्डे समजामा उदारणीय पात्र को रूपमा प्रस्तुत भएका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्