Skip to content

आइतबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

शुत्रबार प्रतितोला  १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँले कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो ।

arrow प्रतिक्रिया दिनुहोस्