काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गते बाट इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य रूपमा गर्न सवारी धनीहरूलाई अनुरोध गरेको छ ।विभागले मंगलबार एक सूचना जारी गर्दै १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने व्यवस्था गरेको हो ।
विभागले सबै सवारी धनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गएर हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ ।
गत २० साउनमा बसेको विषयगत समितिको बैठकले १ असोजदेखि सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको थियो ।