काठमाडाैं। रौतहट प्रहरीले ३ किलोभन्दा बढी लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र प्रहरी चौकि रंगपुरको संयुक्त टोलीले गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नं. २ टोल बस्ने बर्ष ५५ को गोपाल बहादुर थिङ रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाले बताए ।उनका अनुसार लागु औषध गाँजा खरिद बिक्री बितरण गरी रहेको भन्ने बिषेश सुचनाका आधारमा प्रहरी टोलि थिङको घरमा पुगेको हो ।
घरको विभिन्न कोठाहरुमा लुकाईछिपाई राखेको ३ किलो ५० ग्राम लागु औषध गाँजा बरामद गरिएको उनले जानकारी दिए ।प्रहरी टोलि नेपाली रु. ७८ हजार ३५ र भा.रु. ६१० रकम फेला पारेको जनाएको छ । पक्राउ परेका थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य भै रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्