काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै व्यापारिक मार्ग खोल्ने सहमति विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै उक्त विवादलाई छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए ।उनले भने, ‘अहिले भर्खरै चर्चामा आएको छ—लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारत र चीनबीच भएको सम्झौताको विषय हो । यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमा चीन र भारत दुवैको भ्रमणमा जान लागेका सन्दर्भमा त्यस भ्रमणको सदुपयोग गर्दै नेपालको धारणा स्पष्ट रूपमा राख्न र समाधान खोज्न अनुरोध गरे ।‘प्रधानमन्त्रीज्यू चीनको भ्रमण गर्दै हुनुहुन्छ र त्यसपछि भारतको पनि भ्रमण हुँदैछ । भ्रमणको अवसरमा सरकार प्रमुखको हैसियतमा उहाँले दुवै देशका सरकार प्रमुखहरूसँग नेपालको स्पष्ट स्ट्यान राखेर गम्भीरतापूर्वक कुरा गर्न र यो समस्या समाधान होस् भन्ने माग गर्दछु,’ खतिवडाले भने ।
उनले यस्तो संवेदनशील विषयमा सम्पूर्ण नेपाली एक भएर राष्ट्रको पक्षमा उभिनुपर्ने उल्लेख गर्दै पार्टी र जातभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने धारणा पनि व्यक्त गरे ।‘यस्तो बेलामा हामी सम्पूर्ण नेपालीहरू कुनै पार्टीको, कुनै जातिको नभई सम्पूर्ण राष्ट्रको तर्फबाट आफ्नो स्वाभिमान र राष्ट्रिय एकताका लागि प्रस्तुत हुनुपर्छ,’उनले भने, ‘र यस्तो कुरामा सरकारलाई दृढतापूर्वक साथ दिनुपर्छ ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्