काठमाडौं । के तपाइँ विदेशमा भ्रमणमा जाँदै हुनुहुन्छ ? विदेश जानकालागि कतै तपाइँले पनि एभरेष्ट बैंकको डलर कार्ड र ट्राभल कार्ड त बनाउनु भएको छैन ? यदि त्यसो हो भने एभरेष्ट बैंकले तपाइँलाई झुक्याउन सक्छ ।
त्यसैले एभरेष्ट बैंकले सेवाग्राहीमाथि गर्ने लापरबाहीबाट जोगिनका लागि तपाइँ हामी जोसुकै सचेत हुन जरुरी छ । काठमाडौंकी एकजना सेवाग्राहीले एक महिनाअघि बेलायत भ्रमण जाँदा एभरेष्ट बैंकको लापरवाहीका कारण आफुले निकै दुःख पाएको नेपाल न्युज बैंकसँग बताएकी छन् ।उनले बेलायत जानका लागि गत असार २० गते एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटबाट डलर कार्ड र ट्राभल कार्ड बनाएकी थिइन् । सोही अनुरुप बैंकले उनलाई यी दुवै कार्ड उपलब्ध गराएको थियो । अन्तर्राष्ट्रिय अभ्यास अनुसार डलर कार्ड र ट्राभल कार्डको रंङ फरक हुनुपर्ने प्रावधान छ, वा कार्डमा नै कुन डलर कार्ड र कुन ट्राभल कार्ड स्पष्टसँग लेख्नुपर्ने हुन्छ ।
तर, एभरेष्ट बैंकले यी दुबै कार्डको रङ एउटै राखेको छ । न त बैंकले कार्डमा डलर कार्ड र ट्राभल कार्ड भनेर लेखेको छ । एउटै रङ भएकाले झट्ट हेर्दा यी दुबै कार्ड उस्तै लाग्छन् । डलर कार्ड र ट्राभल कार्डमा सेवाग्राही झुक्किन सक्ने भन्दै बैंककै कर्मचारीले ती सेवाग्राहीलाई छुटा्छुट्टै कभरमा बाहिर डलर कार्ड र ट्राभल कार्ड भनेर लेखेर दिएका थिए ।बैंकको नियम अनुसार विदेश भ्रमणमा जाने नागरिकले डलर कार्डमा ५०० अमेरिकी डलर र ट्राभल कार्डमा २५०० डलरसम्म राख्न पाउँछन् । सेवाग्राहीले गत असार २४ मा बेलायत जाँदा डलर कार्ड घरमै छोडिन र ट्राभल कार्ड मात्रै बोकेर गइन् । तर, उता गएपछि उनको कार्डले काम गरेन् ।
‘म युके गइसकेपछि मेरो ट्राभल कार्ड चलेन र मैले बैंकलाई इमेलमार्फत मेरो कार्ड चलेन, मैले यहाँ ट्रान्जेक्सन गर्न सकिन भनेर खबर गरेकी थिएँ । तर बैंकले मलाई गरेको इमेल अनुसार मेरो ट्राभल कार्डको नम्बर डलर कार्डसँग र डलर कार्डको नम्बर ट्राभल कार्डसँग मिलेको मैले जानकारी पाएँ,‘ उनले भनीन् । ‘यस हिसाबले मेरो ट्राभल कार्ड घरमै छुटेछ । बैंकको लापरवाहीका कारण मैले विदेशमा सास्ती खेप्नुप¥यो । यदि त्यो ठाउँमा मेरो कोही आफन्त थिएनन भने मैले के गर्थेहोला ? यस्तो लापरबाहीले कति मान्छे मर्कामा परेका होलान ।’
यस विषयमा बुझ्न न्युज बैंकले एभरेष्ट बैंकमा पट्क पट्क सम्पर्कगर्दा बैंकका कर्मचारीले कुनै स्पष्ट जवाफ दिन चाहेनन् । न्युज बैंकले बुधबार लाजिम्पाटस्थित बैंकको प्रधानकार्यालयमा सम्पर्कगर्दा बैंकका कर्मचारीले यस विषयमा आफुलाई जानकारी नहुने बताए ।डलर कार्ड र ट्राभल कार्डको बारेमा बुझ्न बानेश्वर शाखामा सम्पर्क गर्न भनेपनि बानेश्वर शाखाका कर्मचारीले यस विषयमा कुरा गर्न चाहेनन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्