Skip to content

अपरेशन टाटा (भाग १) : टाटा कम्पनीका गाडी किन्दै हुनुहुन्छ ? पर्खनुस् ! कालोसूचीमा पर्दैछ सिप्रदी

काठमाडौँ।  बजारमा इभिको लहड चलेको छ । यहि लहडलाई इन क्यास गर्न टाटाले चर्को प्रमोसन गरिरहेको छ । यहि लहडमा तपाईं पनि पर्न खोजिरहनुभएको छ भने एक पटक होइन्म १० पटक सोच्नुहोला । किनकि तपाईंले किन्ने टाटाका गाडी बेच्ने कम्पनी नेपालमा कालोसूचीमा पर्ने खतरा बढेको छ । टाटाले गरेको ठगी धन्दाको पोल खुलेपछि कम्पनीलाई कालोसूचीमा राख्ने सरकारी निर्णय छिट्टै कार्यान्वयनमा जाँदैछ । यस्तो नहोस् भन्ने कामना, तर हुन सक्छ, तपाईंले अहिले महँगो मूल्य हालेर किन्नुभएको टाटाका गाडी बेच्ने कम्पनी नै कालोसूचीमा पर्दा तपाईंलाई हदैसम्मको झमेला हुन सक्छ । गाडी किनेको टाटा, जताततै घाटा भन्ने दिन आउन सक्छ ।

यो प्रकरण बुझ्न केहि समय अगाडी काठमाडौँ महानगरलाई टाटा बिक्रेता कम्पनी सिप्रदीले गरेको धोकाधढीसम्म पुग्नुपर्छ । काठमाडौँ महानगरपालिकाले सिप्रदीसँग खरिद गरेको ६ वटा मध्ये ४ वटा टिपर पुरानो भएको खुलासा भएपछि कम्पनीले महानगरलाई ठगी गरेको खुलासा भएको थियो । हाइड्रोलिक ट्रिपर ट्रक खरिद गर्नका लागि काठमाडौँ महानगरपालिकाले टेन्डर गर्दा सो प्रक्रियामा सहभागी भएको सिप्रदीले हात पारेको टेन्डरमा कम्पनीले नयाँ भनेर पूराना गाडी भिडाएको खुलासा भएको थियो । झट्ट हेर्दा नयाँ, तर माल थिए पूराना । कागजातको स्पेशिफिकेसनमा सन् २०२२ मा उत्पादन भएको उल्लेख थियो, ब्लुबुकमा सबै गाडीको उत्पादन मिति २०२२ लेखिएको थियो तर ४ वटा च्यासिसमा भने उत्पादन मिति २०२१ लेखिएको थियो । अर्थात, टाटाले झुक्याएर घाटा गराउन खोजेपछि काठमाडौँ महानगर जाग्यो । कम्पनीका गाडी फिर्ता गर्ने निर्णय भयो र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्यो ।

अव प्रश्न उठ्छ, कतै तपाईं हामीले नयाँ भनेर किनिरहेको टाटाको गाडी पनि पूरानो त छैन ? कतै टाटाले नयाँको मूल्य लिएर हामीलाई पूराना माल त भिडाईरहेको छैन ? अव सिप्रदीले बेच्ने हरेक गाडी तपाईं हामीले कहाँ गएर स्वतन्त्र भेरिफाई गर्ने ? आखिर हामीले हेर्ने त कागज हो, त्यहि कागजमा नयाँ देखाएर हामीलाई पूरानो गाडी भिडाउने काम हुन्छ भने जनता न्याय माग्न कहाँ जाने ?

काठमाडौँ महानगरका अनुसार सिप्रदीलाई ३ वर्ष कालोसूचीमा राख्न काठमाडौँ महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिसकेको छ । तर शक्ति र पहुँचको आधारमा अहिलेसम्म कम्पनीलाई कालोसूचीमा राखिएको छैन । तर कतिदिन लुकाउँछ सिप्रदीले आफ्नो कर्तुत ? कहिलेसम्म टालिरहन्छ पहुँचमा बसेकाहरुको मुख । अव त कालोसूचीमा कम्पनी पर्ने दिन आउँदैछ । तपाईं हामी पनि टाटाको यो गलत कामका विरुद्ध जाग्नुपर्ने दिन आएको छ ।

सबैका प्रिय मेयर बालेनलाई नै ठग्न खोज्ने सिप्रदीले तपाईंजस्ता सोझा नागरिकलाई बाँकी पक्कै राख्दैन होला । त्यसैले पनि तपाईं बेलैमा सचेत हुन जरुरी छ ।सिप्रदीले गरेको ठगी, राज्यविरुद्को धन्दा र जनतालाई गरेको ठगी यतिमा मात्र सिमित छैन । कहिले नेपाललाई नै भारतको प्रदेश भन्ने, कहिले नेपालको नक्साको समेत दुष्प्रचार गर्ने । सिप्रदीवाला टाटाका अनेक कर्तुतको पर्दाफास सृंखला हामी अर्को भागमा गर्नेछौँ ।

arrow प्रतिक्रिया दिनुहोस्