Skip to content
nabil bank inside

संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री गुरुङ

nmb bank inside

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१।८२ भित्र सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर्ने प्रयासमा लागेको भन्दै धेरै बाँधाहरुका कारण चाहेको जस्तो काम हुन नसकेको बताए ।

उनले भने, ‘यो हलमा रहनुभएका कतिपय मान्छे जन्मिनु पनि भएको थिएन् होला । म पनि भर्खर चारपाँच वर्षको थिए होला । त्यो बेला बनेको कानून र नीति अहिलेसम्म छ । २०२४ सालभन्दा पछि नै जन्मिनु भएको धेरै हुनुहुन्छ होला । म जन्मेको सालको कानून अहिलेसम्म थियो । रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायतको कानूनहरु सबै पुरानो राजा महेन्द्रको पालाको कानून हो । यस्तो कानूनबाट सञ्चार क्षेत्रको विकास संभव थिएन् । त्यसैले २०८१।८२ भित्र कानून संशोधन गर्न सक्छु भनेको थिए । तर त्यहाँभित्र धेरै बाधा हुँदोरहेछ । मैंले सोचे अनुसार गाडी चलेन । चाहेको जस्तो काम हुन सकेको छैन् ।’

यस्तै, उनले सरकार र राज्यको ध्यान नगएपनि विरासतको हिसाबले हुलाक क्षेत्र एकदमै महत्वपूर्ण भएको भन्दै अब यसको अवस्था परिवर्तन गर्नुपर्ने बताए ।‘पहिलादेखि सरकार र राज्यको एकदमै ध्यानमा नपरेको ठाँउ हुलाक हो । तर विरासतका रुपमा हेर्ने हो भने एकदमै महत्वपूर्ण क्षेत्र हो । त्यसकारण यसलाई समयमा परिवर्तन गर्नुपर्छ र हुन्छ पनि । हामीले कोशिस गर्ने हो भने,’ उनले भने ।

कार्यक्रममा संचार सचिव राधिका अर्यालले मन्त्रालय मातहतका सबै निकायहरुमा सुधार गर्दै लगेको र डिजिटाइज गर्दै लगेको बताइन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्