Skip to content

राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयमा धर्ना दिएका छन् ।महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत आज (बुधबार) राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेको हुन् ।

नेपाल शिक्षक महासंघले राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रम अन्तरगत आज राप्रपाको पार्टी कार्यालयमा धर्ना दिएका हुन् । महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्नेछ ।महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिष्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको छ । तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्थासहित समितिले प्रतिनिधि सभामा पठाएको छ ।

विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको भन्दै महासंघ आन्दोलित भएको हो ।प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ मा पारित गरिएको थियो ।

arrow प्रतिक्रिया दिनुहोस्