काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (बुधबार) पनि संसद बैठक बहिस्कार गरेका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट हरि ढकाल र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिएका छन् ।
उनीहरुले लामो समयदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानविनको माग गर्दै सदन बहिस्कार गर्दै आइरहेका छन् ।