काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले ‘शान्त तथा अवरोधमुक्त छिमेकी’ अभियान सुरु गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरु गरेको अभियान अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाएको हो ।
नेपाल प्रहरीले एक सूचना सार्वजनिक गर्दै विशेष गरी रातिको समयमा ठुलो आवाजमा अरूलाई असर पर्ने खालको गतिविधिहरू नगर्न आग्रह गरेको छ। जसअन्तर्गत रात्रिकालीन समयमा लाउडस्पीकर, जथाभाबी खोक्ने खकार्ने ,साउन्ड बक्स, डिजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठुलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।
बिहान ५ बजे देखि ७ बजे सम्मको समयमा अनावश्यक ठुलो आवाजमा कुराकानी गर्ने र मोटरसाइकल वा अन्य सवारी साधनको ठुलो हर्न बजाउने कार्य नगर्न पनि प्रहरीले अनुरोध गरेको छ । राति अबेर कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा ठुलो आवाज आउन नदिन र सिडी प्रयोग गर्दा आवाज कम गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
यस्ता कार्य हरू विशेषगरि गर्भवती महिला , विद्धविद्धा, बालबालिकाहरू र बिरामीहरूलाई नकारात्मक असर पर्ने भन्दै प्रहरीले यस्ता कार्यमा रोक लगाएको हो। त्यस्तै प्रहरीको उक्त नियमको पालना नगरेमा ३ लाख जरिवाना तिर्नुपर्ने छ।