काठमाडौं । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताएका छन् ।बिहीबार भएको निर्वाचन आयोगसँगको छलफलमा उनले अध्यादेश ल्याएर मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘अब निर्वाचन मिति घोषणा भइसकेको छ । मतदाता नामावलीमा नाम थप गर्न नपाइने भन्ने व्यवस्था छ । त्यसलाई अध्यादेश ल्याएरसंशोधन गर्नुपर्ने हुन्छ । दल दर्तामा पनि कहीं समस्या छ कि खोजि गरौं भनेर भनेका थियौं । समस्या छैन भन्ने कुरा आएको छ ।’
त्यस्तै उनले नयाँ दलहरुको दर्ताको हकमा कुन समयभित्र दल दर्ता गरिसक्नुपर्ने हो त्यसको सूचना बैलैमा दिनुपर्ने धारणा राखे । यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्ने बताउँदै उनले निर्वाचन विथोल्ने कुनै त्यस्तो किसिमको कारणहरु बन्न नसक्नेगरी काम गर्न निर्देशन दिए ।
‘नयाँ दलहरुको दर्ताको हकमा पनि अब निर्वाचनको कार्यक्रमहरुमा उहाँहरुलाई समावेश गर्नुपर्छ । त्यसैले बेलैमा समयभित्र दल दर्ता गरिसक्नुपर्छ भने सूचना दिनुपर्छ ।ऐनमा उल्लेख गर्नुपर्ने अवस्था छ भने अध्यादेशबाट संशोधन गरौं । किनकी यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्छ । निर्वाचन विथोल्ने कुनै त्यस्तो किसिमको कारणहरु बन्न नसकोस् ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्