काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।
बिहीबार २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १६ हजारमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ ।
बिहीबार तोलाको दुई हजार पाँच सय २० रूपैयाँ किनबेच भएको चाँदी आज २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्