काठामाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा असर पुर्याएको बताएका छन् ।शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को मूल समारोहमा बोल्दै उनले आन्दोलनले आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको माथि असर परेको बताएका हुन् ।
उनले तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी समेत गराए ।उनले भने, ‘पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेको आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले वातावरण धमिलाएको छ ।’
उनल थप भने, ‘पछिल्लो घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितीपछि प्रदेश सरकारका मातहतका मन्त्रालय निकाय र कार्यालयहरु मार्फत तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न प्रदेश सरकारले काम थालिसकेको छ । पुर्न निर्माणका लागि संघ सरकारले नीति अनुसार समन्वय गर्दै हामी अगाडी बढ्नेछौं ।’
हजारौं रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएका करदाता व्यवसायीहरु माथिको आक्रमणको छानविन गरी दोषिलाई कानुनी दायराभित्र ल्याउनु जरुरी रहेको पनि उनले बताए ।सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समयको गतिशिलतालाई बुझी संविधान संशोधन गर्नुपर्ने बताए ।
‘यो संविधान गतिशील बनाउन सकेनौं । संविधान त बनायौ तर संविधानले माग गरे अनुसार समय त बडो गतिशिल हुने रहेछ । अझ युवा नेतृत्वको स्पष्ट बुझ्दा रहेछन्, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पनि परेको गतिशिलताको विज्ञानलाई बुझेर हामीले संविधानलाई बुझेर संशोधन गर्ने बिषयमा ध्यान पुगेन नि भन्ने अनुभुति छ,’ उनले भने ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्