Skip to content
nabil bank inside

आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार तीन सयले बढेको हो ।

मंगलबार दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज दुई लाख २३ हजारमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला दुई हजार सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्