Skip to content

सरकारले थाल्यो ओली, लेखक सहित शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी

nmb bank inside

काठमाडौँ।  सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रमेश लेखक सहित प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेका हरूमाथि छानबिन गर्न सरकारले यस्तो तयारी थालेको हो।

‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने चर्को माग आएपछि सरकारले प्रक्रिया अघि बढाएको हो ।सुशीला कार्की नेतृत्वको सरकारले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्न लागेको  हो ।

स्रोतका अनुसार, पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको नाम किटेरै आएको छ ।पासपोर्ट रोक्का गर्ने वाचलिस्टमा देउवा र पत्नी आरजु राणा देउवाको नामसमेत राख्ने गृहकार्य भएको उच्च अधिकारीहरूले जानकारी दिए । तिनका अनुसार यसबारे ठोस निर्णय भने हुन बाँकी छ ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्