काठमाडौं ।काठमाडौंका केहि निजी कलेजहरुले शिक्षकहरूलाइ केहि समय देखि तलब नदिएको भन्दै गुनासो गरिरहेका छन् । वर्षभरि लगातार काम गर्दै आएका निजी कलेजका शिक्षकहरू दशैंमा पनि तलब नपाएको भन्दै गुनासो गरिरहेका हुन् ।
निजी कलेजका शिक्षकहरू दशैंमा घर फर्कनु पर्ने बेलामा समेत ठूलो संकटमा परेका छन् । उनीहरूले महीनौँ काम गरे पनि आफ्नो पारिश्रमिक पाउन नसकेको गुनासो गरेका छन्।शिक्षकहरूले भनेका छन्, ‘हामीले बार्षिक रुपमा हजारौं विद्यार्थीलाई पढाउँछौं, कलेजले लाखौं कमाइ गर्छ, तर शिक्षकलाई चाहिँ दशैंमा घर जाने बेला तलबविहीन बनाइन्छ।’
शिक्षा क्षेत्रमा श्रम शोषण बढ्दै गएको भन्दै उनीहरूले नियमनकारी निकायले यथाशीघ्र कदम चाल्नुपर्ने माग गरेका छन्। शिक्षकहरूको भनाइमा, निजी कलेजहरूले ठूलो शुल्क असुल्ने तर आफ्ना कर्मचारीलाई तलब नदिने प्रवृत्ति संस्थागत अन्याय हो।
नेपालका विभिन्न कलेजमा कार्यरत शिक्षकहरू दशैंमा आफ्ना परिवारसँग खुशी बाँड्ने अवसर गुमाइरहेका छन्। कतिपय शिक्षकहरू त आफ्नो तलब नपाएपछि दशैंको खर्चको लागि ऋण लिन बाध्य भएका छन्।शिक्षक सङ्घसंस्थाहरूले पनि यो अवस्थालाई ‘चरम श्रम शोषण’ भनेका छन् र तत्काल समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
अब प्रश्न उठ्छस् दशैंमा पनि आफ्ना शिक्षकलाई पारिश्रमिक नदिने निजी शिक्षण संस्थाहरूलाई राज्यले कहिले नियन्त्रण गर्ने ?
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्