Skip to content

तलब नपाएपछी वीर अस्पतालका रेजिडेन्ट चिकित्सकहरू आन्दोलनमा

काठमाडौँ। वीर अस्पतालका रेजिडेन्ट चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । निरन्तर काममा खटिनुपर्ने भए पनि असारबाट तलब नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरू तलब नपाउँदा पनि साप्ताहिक १०० घण्टा काममा खटिनुपर्ने गुनासो गरिरहेका छन्। चाडपर्वको समयमा समेत तलब नपाएपछि आक्रोशित भएका उनीहरू विभिन्न माग हरू लिएर आन्दोलनमा उत्रिएका हुन्।

चिकित्सकहरूले  तलबको माग गर्दै आन्दोलनमा उत्रिए अन्तिम परीक्षामा फेल गरिदिने धम्की समेत आएको बताएका छन्  । उनीहरूले निरन्तर काममा खटिदा पनि कामको मूल्याङ्कन नहुनु , उचित पारिश्रमिक नपाउनु र कामको सम्मान नपाउनु स्वास्थ्य प्रणालीको कमजोरी रहेको समेत बताइरहेका छन् ।

चिकित्सकहरू हरूले आफूहरूले भोगिरहेका उक्त समस्याको पहल गर्दै सरकार सँग गुनासो गरिरहेका छन् । उनीहरूले सरकारसँग रोकिएको तलबको तत्काल पाउनुपर्ने  र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नपर्ने  माग गर्दै आन्दोलनमा उत्रिएका  छन्।

 

 

 

arrow प्रतिक्रिया दिनुहोस्