Skip to content

Gen-z शहीदहरूको स्मृतिमा मोरङमा ‘Gen-Z विश्रामस्थल’ स्थापना

nmb bank inside

काठमाडाैं । माेरङमा ‘Gen-Z विश्रामस्थल’ स्थापना  भएको छ । भाद्र २३ र २४ गते भ्रष्टाचार अन्त्य र सामाजिक संजाल खुल्ला गर्नुपर्ने आवाज सहित सडकमा प्रर्दशन गरिरहेका जेनजी युवाहरुमाथि सरकारले दमन गरि गोलि प्रहार गरेर हत्या गरिएका विर Gen-z शहीदहरूको स्मृतिमा, मोरङको रतुवामाई नगरपालिका वडा न १० सोमबारेका सचेत युवा समूहले “Gen-Z विश्रामस्थल” स्थापना गरेका छन ।

उनिहरुले विश्रामालयलाई युवा पुस्ताले दिएको बलिदानको स्मारकका रुपमा चित्रण गरेका छन। उनिहरु भन्छन ‘उक्त विश्राम स्थलले आउने पुस्तालाई प्रेरणा दिने लक्ष्यसहित यो निर्माण गरेका हौं।’

विश्रामस्थलमा जेनजि आन्दोलको प्रतिकका रुपमा लिएको र उक्त स्थानमा रातो रगतले लत्तपतिएको जुत्ताको तस्विर राखिएको छ । सचेत युवा समुहका युवा भन्छन यो एउटा वस्ने ठाउ मात्र होईन भ्रष्टाचार विरुद्ध आवाज उठाउदा युवाले गुमाउनुपरेको ज्यान र वगाउनुपरेको रगतको मौन साचि हो ।

सचेत युवा समुह एउटा त्यस्तो समुह हो जुन समुहले देशमा सुसासन भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आफ्नो गाउ आफै वनाउ अभियान निरन्तर संचालन गरिरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्