Skip to content

अध्यक्षले एक घण्टामा बन्छ भनेको सडक तीन दिनसम्म पनि बनेन

nmb bank inside

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी सडक भत्किएपछि तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् ।शनिबार राति परेको भारी वर्षाका कारण सडकको झन्डै १५ मिटर भाग बगाएको छ । त्यहाँ बनेको करिब १० फिट गहिरो खाडलमा पानी भरिएपछि पैदलयात्रु र सवारी आवतजावत ठप्प भएको छ ।

त्यसपछि सोमबारदेखि गाउँका युवाहरूले बाँस र काठको सहायताले अस्थायी लच्का बनाएर आवागमन सहज गराउने प्रयास गरेका छन्।हाल सो लच्काबाट मोटरसाइकल, साइकल र पैदलयात्रु मात्र पार हुन सक्ने व्यवस्था गरिएको छ। तर आवागमनका क्रममा पैदलयात्रुबाट १० रुपैयाँ र मोटरसाइकल चालकबाट एक सय रुपैयाँसम्म शुल्क असुलिँदै आएको स्थानीयले बताएका छन् ।

सदरमुकाम मलंगवा र भारतीय सीमावर्ती कयौं गाउँलाई जोड्ने यो हुलाकी सडक बाढीले भत्किएपछि सम्पर्क विच्छेद भएको छ । यसले दैनिक यात्रु, विद्यार्थी र व्यापारीहरूलाई ठूलो असुविधा पुर्याएको  छ ।गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले जिल्ला प्रशासन र हुलाकी सडक आयोजनासँग मर्मतबारे निरन्तर समन्वय भइरहेको बताए । ‘तत्कालीन रूपमा गाउँपालिकाले आवागमन सञ्चालनको प्रयास गरिरहेको छ,’उनले भने, ‘स्थायी रूपमा सडक पुनर्निर्माणका लागि पहल भइरहेको छ ।’

सोमबार पालिका अध्यक्ष यादवसहित प्रदेश सभा सदस्य एवं पूर्वयातायात मन्त्री कौशल किशोर रायलगायतका नेताहरुले सडकको अनुगमन गरेका थिए । सो क्रममा उनीहरुले सडक केही दिनमै बन्ने बताएका थिए ।पालिका अध्यक्ष यादवले जिल्ला प्रशासन कार्यालय र सडक बिभागको निर्णय पर्खेको र उनीहरुको निर्णय आउँन बित्तिकै यदि उनीहरुले नबनाए आफूले एक घण्टामै बनाउने बताएका थिए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्