काठमाडौँ । सुपर माई हाइड्रोपावरको सेयर हुनेलाई अब सोच्नुपर्ने समय आएको छ। इँलाममा निर्माण भइरहेको यस आयोजनामाथि गम्भीर आरोप लागेका छ ।
स्थानीय बासिन्दाले ठगी र अन्याय भएको भन्दै कडा आवाज उठाएका छन् । सुरुमा ‘एक रोपनी जग्गा दिनु’ भनिए पनि व्यवहारमा तीन रोपनीसम्म पास गरिएको, जग्गाको मूल्य कृत्रिम रूपमा बढाइएको, अनि नापी–रजिष्ट्रेशनमै हेरफेर गरिएको उनीहरूको आरोप छ।
यति मात्र होइन समाजको नाममा छुट्याइएको ८५ लाख रुपैयाँमध्ये आधा मात्र खर्च भएको र बाँकी रकम दुरुपयोग भएको गुनासो पनि छ। यसरी जग्गा गुमाएका गाउँले अहिले न्याय खोज्दै अदालत धाइरहेका छन्।
विशेषज्ञहरू चेतावनी दिन्छन्— यस्तो विवाद केवल सुपर माई हाइड्रोपावर सम्म सीमित छैन। इँलामकै Mai, Mai Cascade, Upper Mai, Upper Mai Cascade, र Puwakhola Hydropower पनि यस्तै समस्यामा फस्न सक्ने आशंका बलियो छ।
यसरी बढ्दो विवादले कम्पनीको प्रतिष्ठा, आम्दानी र अन्ततः शेयर मूल्यमा प्रत्यक्ष असर पर्न सक्ने संकेत स्पष्ट छ। यस विवादमा संलग्न व्यक्तिहरूका नाम र भूमिकासहित सम्पूर्ण विवरण सार्वजनिक गर्नेछौं।