काठमाडौँ। मङ्गलवार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एकै दिन ८ हजार १ सय रुपैंयाले बढेर प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैंया तोकिएको छ।
सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो ।