Skip to content
nabil bank inside

देश र कांग्रेसको नेतृत्व लिन नवयुवा(हाम्रो) पुस्ता तयार छ : नैनसिंह महर

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय केन्द्रीय सदस्य एंव १५ औं महाधिवेशन महामन्त्रीका सशक्त उम्मेद्वार नैनसिंह महरले पार्टीको आन्तरिक एकता र संगठनलाई सुदृढ बनाएर मात्र देशलाई सफल नेतृत्व प्रदान गर्न सकिने भएकाले नयाँ पुस्ता सबै साकारात्मक परिवर्तनको नेतृत्व गर्नकालागि तयार भैसकेको बताएका छन् ।

गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी बिमानस्थलमा पत्रकारहरूसँग संग कुरा गर्दै नेता महरले देशलाई वर्तमान अवस्थाबाट उकास्न फाल्गुन २१ मा तोकिएको निर्वाचन हुनुपर्ने र पार्टीको १५ औं महाधिवेशन समयमै सम्पन्न हुने तथा नयाँ पुस्ताको नेतृत्व स्थापनाको सुनिश्चितता आवश्यक रहेकोमा उनले  जोड दिएका छन् ।

पार्टीभित्र विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने धारणा राख्दै महरले भने , ‘सबैको मतको सम्मान गर्ने प्रवृत्तिले मात्र लोकतन्त्रको रक्षा गर्छ । केन्द्रीय समितिका हरेक निर्णयहरूमा सर्वसम्मत सहमतिको जुन अभ्यास विगतमा थियो, त्यसको निरन्तरताको अपेक्षा आज पनि छ ।’ पार्टीका समस्याहरूको निकास केन्द्रीय समितिभित्रैबाट खोजिनुपर्ने उनको भनाइ छ । महामन्त्री उम्मेदवार महरले पार्टीको पुनर्जागरण र सुधारका निम्ति देशभर चलिरहेका बहसले पार्टीलाई थप सशक्त बनाउन बल पुग्ने विश्वास व्यक्त गरे । नियमित महाधिवेशनलाई पार्टीको जीवन्तता र एकताको प्रमुख आधारका रूपमा व्याख्या गर्दै उनके समयमै हुने महाधिवेशनले मात्र पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने बताए ।

नेतृत्वमा पुस्तान्तरणका लागि ‘कुलिङ पिरियड’को प्रस्ताव पार्टीभित्र नयाँ पुस्तालाई प्रोत्साहन गर्न र अवसरको समान वितरण सुनिश्चित गर्न महरले ‘कुलिङ पिरियड’ (विश्राम अवधि) को अवधारणालाई कार्यान्वयन गर्न सके मात्र अवसरबाट छुटाईएका योग्य नेता,कार्यकर्ताको पार्टी र देशका लागि योगदान दिने सपना पुरा हुने बताउदै पुनः उनले भने ‘गठवन्धनको प्रस्ताव गर्नेहरु,भावण्डामा सहभागी ,टिकट वितरण गर्नेहरु, ओली सरकारका मन्त्रीहरु ,सरकार संचालनका लागि बनेको संयन्त्रमा बस्नेहरु,’तीन पटक सांसद, दुई पटक मन्त्री र निरन्तर तीन पटकसम्म एउटै पदमा केन्द्रीय समितिमा रहेका ,पुर्व र वर्तमान पदाधिकारी,सार्वजनिक जिवनमा प्रश्न उब्जिएकाहरु तथा ७० वर्ष उमेर पुगेका नेताहरूका लागि ‘कुलिङ पिरियड’को व्यवस्था लागू गर्नेबारे केन्द्रीय समितिमा गम्भीर छलफल हुनुपर्छ,’ उनले भने  । यो व्यवस्थाले नेतृत्वमा नयाँ ऊर्जा प्रवाह हुने र पार्टी थप गतिशील बन्ने उनको  विश्वास छ ।’

नेता महरले देश र पार्टीको निकासका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै भने , ‘देशको निकासको निम्ति संविधान र कांग्रेसको निकासका निम्ति विधानलाई केन्द्रमा राखेर आवश्यक निर्णय गरी तिनलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्