Skip to content
nabil bank inside

भाइटीकाको साइत सार्वजनिक, विभिन्न देशका लागि फरक समय निर्धारण

nmb bank inside

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको ठूलो चाड तिहार अन्तर्गतको भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक गरेको छ ।समितिको आज बसेको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो ।

समितिका अनुसार, नेपालमा भाइटीका २०८२ कार्तिक ६ गते बिहान ११ः३९ बजे लगाउन उपयुक्त मानिएको छ । यस्तै, भारतको नयाँ दिल्लीमा अक्टोबर २३, २०२५ मा बिहान ११ः५५ बजे, अमेरिका (न्युयोर्क) मा ११ः५५ बजे र लन्डन (बेलायत) मा ११ः३७ बजे शुभ साइत तोकिएको छ ।

यूरोप र अमेरिकाका अन्य शहरहरूमा पनि निम्न समयहरूमा भाइटीका लगाउन उपयुक्त हुने जनाइएको छ :
पेरिस, फ्रान्स — ११:२१ बिहान
फ्र्याङ्कफर्ट, जर्मनी — ११:४३ बिहान
डेनमार्क — ११:२५ बिहान
ओस्लो, नर्वे — ११:४३ बिहान
जेनेभा, स्वीट्जरल्याण्ड — ११:४५ बिहान
टोरन्टो र भ्यानकुभर, क्यानाडा — ११:२५ बिहान
टेक्सास, अमेरिका — ११:५७ बिहान
क्यालिफोर्निया — ११:४१ बिहान
सिकागो — ११:३५ बिहान

अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसवेन, एडिलेड, पर्थ लगायतका शहरहरूमा अक्टोबर २२ मा नै भाइटीका पर्ने भएकाले सोही अनुसार साइत निर्धारण गरिएको छ ।
एशियाका देशहरूमध्येः
टोकियो, जापान — ११:४२ बिहान
सियोल, दक्षिण कोरिया — ११:२१ बिहान
सिंगापुर — ११:५८ बिहान
क्वालालम्पुर, मलेसिया — ११:५७ बिहान
बैंकक, थाईल्याण्ड — ११:४१ बिहान
याङ्गुन, म्यानमार — ११:५५ बिहान
अबुधाबी, युएई — ११:५५ बिहान
दोहा, कतार — ११:५५ बिहान
तेल अभिभ, इजरायल — ११:४५ बिहान

यस वर्ष तिहारको अवसरमा ‘विश्व ज्योतिष महासंघ’ र ‘अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति’ ले सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई तिहार तथा शुभ दीपावली २०८२ को मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
समितिले शुभ साइत ‘सबैभन्दा उपयुक्त समय’का रूपमा निर्धारण गरिएको जनाउँदै, सो दिन आफू अनुकूल समयमा पनि टीका लगाउन सकिने स्पष्ट पारेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्