काठमाडौँ ।आज शुक्रवार पनि सुनको मूल्य बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७ हजार १ सय रुपैयाँ बढेको हो ।
यो बढोत्तरी सँगै नेपाली बजार सुन आज प्रतितोला २ लाख ५८ हजार पुगेको छ । हिजो बिहीबार २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी पनि ७५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।