काठमाडौँ । आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो । यो गिरावट सँगै आजका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँ तोकिएको छ। यसअघिको कारोबार दिनमा सुन २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। यसअघि प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा झरेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएसँगै नेपालि बजारमा पनि सुनचाँदीको मूल्य घटेको हो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्