Skip to content

मन्त्रालयमा हुने बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

nmb bank inside

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् ।आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक (छलफल) लाइभ गर्ने निर्णय गरेको मन्त्रालयका सचिव हरि प्रसाद लम्सालले बताए ।उनले भने, ‘युवा तथा खेदकुद मन्त्रालयमा पहिलो निर्णयका रुपमा यो मन्त्रालय र सबै निकायका मन्त्रालयबाट हुने बैठकहरुको प्रत्यक्ष प्रसारण गर्ने निर्णय भएको छ ।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्