काठमाडौँ । कर्पोरेट क्षेत्र मानिएको बैंकमा पछिल्लो समय मनपरीले हद नाघ्न थालेको छ । अझ एनआईसी एशिया बैंकमा त यस्तो मनपरीले सिमा नै नाघ्न थालेको छ । तर, यति हुँदा पनि बैंकका कर्मचारीलाई कसैले पनि कारवाही गर्न सकेको छैन । आफ्नै काण्डहरु बाहिर आउने डरमा हाकिमहरु पनि यस्ता केसउपर कारवाही गर्न डराईरहेका छन् ।
कम्पनीसचिव दिन दहाडै डेटिङमा !
एनआईसी एशिया बैंकमा यो हदसम्मको मनपरी छ कि बैंकका कम्पनी सचिव दिन दहाडै बैंककी कर्मचारीलाई लिएर डेटिङमा जाने गरेका छन् । उनी कार्यालयको काम नै छोडेर फिल्म हेर्न जाने गरेको तथ्य प्रमाणित हुँदा पनि बैंकका हाकिमले उनलाई कारवाही गरेका छैनन् । आफ्नै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका कार्की यस अघि सोहि दुर्व्यहार प्रकरणमा जेलसमेत परिसकेका व्यक्ति हुन् । तर, यस्ता व्यक्तिलाई बैंकले अझै पनि कम्पनी सचिव नै बनाएर राखेको छ ।
शाखाका कर्मचारीको रात परेपछि रक्सी पार्टी !
यता बैंकका कर्मचारीले रात परेपछि बैंकभित्र रक्सी पार्टी गर्ने गरेको र बाहिरका केहि महिलाहरु पनि बैंक छिर्ने गरेको तथ्यसमेत फेला परेको छ । कपिलवस्तु जिल्लाको तौलिहवास्थित शाखामा बैंकका शाखा प्रबन्धकसहितका कर्मचारीले बैंकको इथिक्स विपरित रक्सी पिएर हो हल्ला गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको समेत खुलासा भएको छ ।
यद्यपी ती कर्मचारीहरुले रातको समय केहि हो हल्ला भए पनि रक्सीले नमातेको बयान दिएका छन् ।यता ती कर्मचारीलाई कारवाही भने हुन सकेको छैन । कारण, बैंकका एच आर प्रमुख नारायण नेपाल नै यस्तै अर्को काण्डमा फसेर बैंकले जोगाएका व्यक्ति हुन् ।
यता, बैंक भने यस विषयमा बोल्न नै चाहादैन । बैंकका कामु सीइओ सन्तोष राठीले यस्ता गलत गर्ने व्यक्तिहरुलाई किन काखी च्यापिरहेका छन् भन्ने विषय चर्चाको विषय हुँदा राठी पनि यस विषयमा बोल्न नमान्नुले घटनालाई थप रहस्यमय बनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्