काठमाडौँ । नबिल बैंकले सुजित शाक्यले सीइओ भएर बैंक चलाउन नसक्ने निष्कर्ष निकाल्दै मनोज ज्ञवालीलाई सीइओ बनाएपछि नबिल बैंकभित्र डमी भएका सुजित शाक्य एनआईसी एशिया बैंकको सीइओ भएपछि एनआईसी एशिया बैंकका कर्मचारीहरु आत्तिएका छन् । शाक्यको रुखो शैलीका कारण उनीहरु आत्तिएको कर्मचारीहरुले जानकारी दिए ।
उनी आउने बित्तिकै उनले केहि कर्मचारीहरु निकाल्दैछन् । ब्राण्ड विभागका धिरेन्द्र वाग्ले, एचआरका नारायण नेपाल लगायतहरु निकालिने लिष्टमा छन् ।
यता शाक्यसँग काम गर्न नसकिने भन्दै थुप्रै कर्मचारीले बैंक छोड्ने भएका छन् । यसमा दोश्रो तहदेखि तेश्रो तहका कर्मचारी धेरै छन् । विवादित छविका शाक्यलाई सीइओ बनाइएको भन्दै अहिले एनआईसी एशिया बैंकभित्र नै तीब्र असन्तुष्टी छ ।आफुलाई सीइओ नबनाएपछि सन्तोष राठीलेसमेत बैंक छोड्ने धम्की दिईसकेका छन् ।
सुजित शाक्य केहि समय यता नबिलमै बसेर, नबिल बैंककै तलव खाएर एनआईसी एशिया बैंकको काम गरिरहेका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्