Skip to content
nabil bank inside

२ साता अघि देखि नबिलको तलव खाएर एनआईसीको काम गरिरहेका ‘धोकेबाज बैंकर’ सीइओ बनेपछि नबिलमा खुसीयाली !

nmb bank inside

काठमाडौँ । २ साता अघि देखि नबिलको तलव खाएर एनआईसीको काम गरिरहेका शाक्य सीइओ बनेपछि नबिलमा खुसीयाली छाएको छ । आफ्नो तलव खाएर अरुको काम गरिरहेकाहरुलाई अव अरुले नै तलव खुवाउने भएपछि पैसा जोगिएको भन्दै नबिलमा खुसीयाली छाएको हो ।

अर्कोतर्फ शाक्य नबिलमै हुँदा नबिलका थुप्रै कर्मचारीविरुद्ध काम गरिरहेका थिए । यतिसम्मकि मनोज ज्ञवालीका विरुद्ध समाचार लेखिदिन भन्दै उनले आफु एनआईसीमा पुगेपछि राम्रो पैसाको विज्ञापन दिने भन्दै केहि मिडियाकर्मीलाई दुरुपयोग गर्न खोजेको तर ती मिडियाकर्मीले नमानेको तथ्य पनि बाहिर आएको थियो ।

आफु सीइओ बन्ने आशमा मिडिया ट्रायल गरेका उनी मनोज ज्ञवाली सीइओ भएपछि नैतिक अफ्ट्यारोमा थिए । तर, जतिसुकै अफ्ट्यारो भए पनि कसैले जागिर खान नबोलाएपछि उनी तनावमा थिए ।

यसैबीच उनले एनआईसी एशियामा आफुलाई सिफारिस गरिदिन पनि थुप्रै ठाउँमा पावर लगाएका थिए । यसरी नबिल बैंकलाई धोका दिईरहेका व्यक्ति उता सीईओ नै नियुक्त भएपछि नबिलमा खुसीयाली छाएको छ ।

शाक्य ४ बर्षका लागि एनआईसी एशियामा सीइओ नियुक्त भए पनि २ बर्ष हेर्ने त्यसपछि निकाल्ने कि राख्ने भन्ने तयारीमा रहेको बैंकका संचालकले दाबी गरेका छन् ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्