काठमाडौं । दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ। आइतबार ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको हो।
गत साता करिब ९६.५३ अंकले उक्लिएको बजार यो साताको पहिलो दिन पनि उकासोमै भए पनि दोस्रो दिनमा भने कमीकै संकेत देखिएको छ। यस दिन ७२ कम्पनीको सेयर मूल्य मात्र बढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको ९ अर्ब २० करोड रुपैयाँको तुलनामा निकै कम हो। सोमबार ३३३ स्टकमा ५४ हजार ८९२ पटकको कारोबारमार्फत १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यसैदिन सेन्सेटिभ इन्डेक्स ०.८३ अंक, फ्लोट इन्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंकले घटेका छन्। उपसमूह सूचकांकमा पनि मिश्रित प्रभाव देखिएको छ। १३ मध्ये ६ उपसमूहको सूचकांक बढेको छ भने ७ उपसमूह घटेका छन्। व्यापार उपसमूह ०.९३ प्रतिशतले बढ्दै सबैभन्दा अगाडि रहँदा जलविद्युत र जीवन बीमा उपसमूह १.०५ प्रतिशतले घट्दै सबैभन्दा धेरै प्रभावित बने। यस दिन मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ।
त्यस्तै, ९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को मूल्य ७.०८ प्रतिशत र एभरेष्ट बैंक लिमिटेड इनर्जी बण्ड २०८९ को मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। उता, कारोबारमा समावेश इष्टर्न हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स ३७ करोड ६८ लाख रुपैयाँसहित शीर्षमा रह्यो भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट करिब ३४ करोड रुपैयाँ र राधी विद्युत कम्पनी साढे २४ करोड रुपैयाँभन्दा बढी कारोबार रकमसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। समग्रमा, बजार पछिल्लो उकासोपछिको स्वाभाविक सुधार चरणमा प्रवेश गरेको विश्लेषण गरिन्छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्