Skip to content
nabil bank inside

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल जग्गा किर्ते प्रकरणमा जोडिएको खुलासा, के हो काण्ड ? विस्तृतमा बुझौँ !

nmb bank inside

काठमाडौं । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको जग्गा किर्ते (फर्जी) प्रकरणमा जोडिएका छन् । विवादित जग्गा कित्ताहरु ८, ३२८ र ३२९, क्षेत्रफल क्रमशः ०–११–१५, ०–१–१६ र ०–१–१.५ मा पर्ने बताइएको छ ।

कागजात अनुसार, लक्ष्मण माझी ले दीपबहादुर काजी लाई जग्गाधनी देखाएर लागत फारम भरेका थिए र त्यस आधारमा २ नम्बर अनुसूची प्रकाशित गरिएको थियो । तर पछि सोही कित्ताका जग्गा काजीकी पत्नी र आमा- रुक्मिणी थापा र रणकुमारी थापा को नाममा दर्ता भएको पाइयो । विवादित जग्गा लामो समयसम्म विभिन्न व्यक्तिहरूले अधियाँ (कृषि भोगबोली) गर्दै आएका थिए। लक्ष्मण माझी र उनकी पत्नी निरक्षर भएकाले आफ्नो हक उठाउन सकेनन्। उनीहरूको छोरा ढालिया थारु को २०४८ सालमा निधन भएपछि, नाति जियाराम चौधरी ले आफ्नो नाममा नामसारीको निवेदन दिएका थिए ।

२०७५ साल चैत्र २२ गते भूमि सुधार कार्यालय सुनसरी ले नापजाँच गर्दा मोहीको नाम नभएको भन्दै जग्गालाई थापा परिवारकै नाममा कायम गर्यो। चौधरीले यो निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरे, जहाँ फैसला फेरि थापा परिवारकै पक्षमा भयो। तर पुराना मालपोत रेकर्ड र कागजात (२०२२ साल) अनुसार लक्ष्मण माझी (चौधरी) लाई मोही हक प्राप्त भएको स्पष्ट देखिन्छ। स्थलगत अध्ययन र प्रमाणका आधारमा तत्कालीन भूमिसुधार तथा मालपोत कार्यालय मोरङ का कर्मचारी सूर्यबहादुर थापा, प्रकाश मुन्द्रा र तुलसीराम अग्रवाल को मिलेमतोमा फिल्डबुकमा किर्ते गरिएको पाइएको छ।

अभियोग अनुसार उनीहरूले टिपेक्स प्रयोग गरी मोहीको नाम मेटाएर अदालतमा किर्ते कागजात पेश गरी फैसला प्रभावित पारेको आरोप छ। हाल उक्त जग्गा अन्य व्यक्तिहरूलाई बिक्री गरी प्रयोगमा ल्याइएको छ। जियाराम चौधरीले अहिले सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् र दोषीहरूमाथि निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेका छन्। उनका अनुसार २०२२ साल भदौ २९ मा मोही हक पाएको प्रमाणले किर्ते प्रकरण पुष्टि गर्छ। यस घटनाले भूमि प्रशासनमा अनियमितता, ठगी र सत्ताको दुरुपयोग बारे गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले अब निष्पक्ष अनुसन्धान गर्ने आशा गरिएको छ। अग्रवालसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन्।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्