Skip to content
nabil bank inside

आफ्नैलाई छोडेर बोर्डले अर्को बैंकको डेपुटी पत्याएपछि सन्तोष राठीलाई एनआईसीको जागिर ‘निल्नु न ओकल्नु !’, अन्त जागिर खोज्दै !

nmb bank inside

काठमाडौँ । बर्षौंदेखि आफुले गरेको मेहेनतलाई विश्वास नगरेर आफ्नै बैंकको बोर्डले अर्को बैंकको डेपुटी सीइओलाई पत्याएपछि एनआईसी एशिया बैंकका कामु सीइओ सन्तोष राठीलाई एनआईसीको जागिर निल्नु न ओकल्नु भएको छ । उनले आफुलाई विश्वास नगरेर बैंकले बजारमा गलत सन्देश दिएको र आफुलाई सीइओ बनाउने भनिएकोमा धोका दिएको भन्दै बैंक छोड्ने कि नछोड्ने भन्ने विषयमा केहि सहकर्मीहरुसँग छलफल गरेको खुलासा भएको छ ।

बैंकका एक सिनियर कर्मचारीले अर्थ खबरलाई दिएको जानकारी अनुसार बैंकले नबिलका डेपुटी सीइओलाई सीइओ बनाएर ल्याउने भएपछि राठी असन्तुष्ट छन् । ‘बोर्डले मलाई नै सीइओ बनाउने भनेको थियो । अहिले दुइ बर्ष शाक्यलाई हेरौं भनियो । म माथि धोका भयो । पछि थपेर ४ बर्ष र पछि फेरी अर्को ४ बर्षसम्म पनि शाक्य सीइओ हुन सक्छन् । मेरो डेपुटी पदमै जिन्दगी जाने भो’ भन्दै उनले आफु निकट सहकर्मीहरुसँग गुनासो गरेको ती कर्मचारीले बताए ।

उनका सहकर्मीले पनि राठीमाथि ठुलो घात भएको बताएका छन् । बैंक डुब्ने स्थिति हुँदा जोगाएका राठीलाई पन्छाएर सबै कुरा ठिक भएपछि त्यसको जस लिन शाक्यलाई दिन खोजेको भन्दै अव नैतिक रुपमा सो बैंकमा जागिर खान नहुने भन्दै उनका सहकर्मीहरुले पनि उनलाई जागिर छाड्न सुझाव दिएका छन् । उनी निकट कर्मचारीहरुका अनुसार उनले शाक्यलाई बैंकले ल्याउने भएपछि अन्त जागिर खोज्न सुरु गरेका छन् । डेपुटी सीइओमै जागिर खाने हो भने पनि अव एनआईसी एशिया बैंकमा जागिर नखाने भन्दै उनले अन्य बैंकहरुमा जागिरका लागि अप्रोच गरिरहेका हुन् ।

उनीमात्र होइन बैंकका अन्य थुप्रै सिनियर कर्मचारी पनि शाक्यसँग काम गर्न सकिन्न भन्दै जागिर छोड्ने तरखरमा रहेको बताउँछन् । स्वयम् राठीले भने यो विषयमा बोल्न चाहेका छैनन् । कामको भूमिका हेर्ने हो भने राठी भन्दा शाक्य जुनियर हुन् । शाक्य नबिलमा पछिल्लो समय डमीजस्तै थिए भने एनआईसी एशियामा राठीले लामो समय राम्रै काम गरेका थिए । रोशन न्यौपानेले झन्डै डुबाएको बैंकलाई उनले नै डुब्न बाट जोगाएका थिए । तर उनै राठीलाई कमजोर देखाएर बैंकले अरु बैंकको डेपुटी सीइओलाई पत्याएपछि अहिले राठी अन्यत्र जागिर खोजिरहेका छन् । बोर्डले उनलाई गरेको व्यवहारका कारण अन्य कर्मचारीहरु पनि डिमोटिभेटेड भएको कर्मचारीहरु बताउँछन् ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्