Skip to content
nabil bank inside

सुजित शाक्य सीइओ भएर आउँदा यौन दुर्व्यवहार आरोपित कार्की सबैभन्दा मख्ख !

nmb bank inside
काठमाडौँ । सुजित शाक्य एनआईसी एशिया बैंकको सीइओ भएर जिम्मेवारी सम्हालेका छन् । उनलाई बैंकका संचालकदेखि सिनियर कर्मचारीसम्मले स्वागत गरेका छन् । स्वागत गर्ने भीडमा यौन दुर्व्यवहारका आरोपित दिपेन कार्की सबैभन्दा बढी मख्ख देखिएका छन् । विभिन्न झमेलामा परेका व्यक्ति नै सीइओ भएर आएपछि आफ्नो जागिर जोगिएको भन्दै उनी सबैभन्दा मख्ख देखिएका हुन् ।
उनी निकट साथीभाइका अनुसार उनले आफ्नो जागिर जोगिएको र सुजित शाक्यले आफुलाई केहि पनि गर्न नसक्ने भन्दै केहि साथीहरुलाई कफी पार्टीसमेत दिएका थिए । यद्यपी, यस विषयमा बुझ्न उनीसँग सम्पर्क गर्दा उनी सम्पर्कमै आउन चाहेका छैनन् ।
लिखित रुपमा ४ बर्षका लागि नियुक्त भए पनि संचालक समितिले उनलाई २ बर्षपछि निकाल्ने योजना बनाएको छ । त्यसपछि बैंकको सीइओ सन्तोष राठीलाई बनाउने भन्दै राठीलाई फकाइएको संचालकले पुष्टी गरेका छन् ।
सीइओ भएर आउनुअघि नै शाक्यले कम्पनी सचिव दिपेन कार्कीको यौन दुर्व्यवहार प्रकरणबारे केहि सिनियरहरुसँग सोधेका थिए । ती अधिकारीले एनआईसी एशियामा त्यस्ता घटना सामान्य भएकाले त्यस विषयमा चिन्ता लिनु नपर्ने बताएको शाक्य निकटहरुको भनाई छ ।
यौन दुर्व्यवहार प्रकरणमा परेका कार्की एक दिन जेलसमेत परेका थिए ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्