Skip to content
nabil bank inside

‘पैसा जति दिए पनि हुन्छ, सीइओको मौका दिनुस्’ भनेपछि रोशन न्यौपानेले खाइपाई आएको भन्दा कम तलवमा शाक्य नियुक्त भएको खुलासा ! 

nmb bank inside
काठमाडौँ । एनआईसी एशिया बैंकका सीइओ सुजित शाक्यले यसअघिका तत्कालीन सीइओ रोशन कुमार न्यौपानेले खाईपाई आएको सेवा सुविधा भन्दा कम सेवा सुविधामा काम गर्न थालेको खुलेको छ । बैंकका एक संचालकले यो खबरको पुष्टी गरेका छन् ।
ती संचालकका अनुसार रोशन कुमार न्यौपानेले खाईपाई आएको तलव सुविधा भन्दा शाक्यको तलव निकै कम छ ।  शाक्यले नै तलव जति दिए पनि हुन्छ, सीइओ बन्ने मौका दिनुहोस् भनेपछि शाक्यलाई कम तलव अफर गरिएको थियो ।
शाक्यलाई तलवको विषयमा प्रश्न गर्दा उनले आफुलाई नबिलले दिईरहेको भन्दा बढी दिए हुने बताएका थिए । त्यसपछि बहाना पाएका संचालकहरुले उनलाई न्यौपानेले खाइपाई आएको तलव भन्दा निकै कम तलवमा सीइओ बन्न राजि बनाएका थिए ।
लिखित रुपमा ४ बर्ष भनिएपनि शाक्यलाई २ बर्षसम्मका लागि सीइओ बनाइएको सर्त छ । त्यसपछि उनले काम गर्न सके वा परिणाम देखाए निरन्तरता दिने, नत्र निकाल्ने कुरामा शाक्य राजि भएका थिए ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्