काठमाडौँ । केहि समय अगाडी एनआईसी एशिया बैंकका कम्पनी सचिव दिपेन कार्कीले बैंकमा जागिर लगाईदिने भन्दै एक इण्ट्रन महिलालाई यौन प्रस्ताव राखेको घटना बाहिरिएको थियो । तर, कार्कीलाई कारवाही गर्नुको सट्टा बैंकले उल्टै कार्कीलाई प्रहरी खोरबाट निकाल्न आफ्नो शक्तिको प्रयोग गर्यो ।
त्यति मात्र होइन, उनलाई जोगाउन बैंकका २-२ जना एसीइओले आफ्नो लामो समय र शक्ति खर्च गरे । तर गलत गर्नेलाई कारवाही नगर्दा यो रोग अन्त ठाउँमा पनि सरेको छ । त्यसको पछिल्लो उदाहरण हो, गजेन्द्र नारायण सिंह अस्पताल ।
हो, गजेन्द्र नारायण सिंह अस्पतालका निर्देशक डा. प्रकाश प्रसाद साहले जागिर लगाईदिने भन्दै महिला स्वास्थ्यकर्मीलाई यौन प्रस्ताव राखेको अडियो सार्वजनिक भएको छ। सार्वजनिक अडियोमा डा. साहले अस्पतालमा हालसालै प्रवेश गरेकी एक महिला स्वास्थ्यकर्मीलाई स्थायी रोजगारीको आश्वासन दिँदै शारीरिक सम्बन्धको प्रस्ताव राखेको सुन्न सकिन्छ ।डा. साहले आफ्नो गल्ती स्वीकार समेत गरिसकेका छन् ।
सो अडियो सार्वजनिक भएपछि अस्पतालभित्र नै डक्टर साहमाथि छानबिनको माग उठ्न थालेको छ। सेवाग्राही र कर्मचारीले यस घटनाले अस्पतालको प्रतिष्ठामा ठुलो धक्का पुर्याएको टिप्पणी गरेका छन् । तर, यस्तै प्रकृतिको घटनाउपर एनआईसी एशिया बैंकका हाकिम दिपेन कार्कीमाथि कारवाही नहुँदा अरुले पनि यहि सिको गर्न थालेको भन्दै बैंकको आलोचना हुन थालेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्