Skip to content

सिद्धार्थ बैंकको प्रचारका नाममा विज्ञापन एजेन्सीको ‘गैरकानुनी’ धन्दा, कारवाहीको माग गर्दै बोर्डमा उजुरी !

nmb bank inside

काठमाडौँ । सिद्धार्थ बैंकको प्रचारका नाममा विज्ञापन एजेन्सीको गैरकानुनी धन्दा छताछुल्ल भएको छ । विज्ञापनलाई समाचारको रुप दिएर प्रकाशन / प्रशारण गर्न नपाइने कानुन भए पनि सो कानुनको धज्जी उडाउँदै ब्लिज मिडिया नामक विज्ञापन एजेन्सीले सिद्धार्थ बैंकको विज्ञापनलाई समाचारको रुप दिएर आफुले विज्ञापन व्यवसाय गरिरहेका मिडियाहरुलाई समाचार हाल्न मौखिक दबाब दिएर लिखित इमेल पठाएको खुलासा भएको छ।

यसो कामलाई पत्रकार आचारसंहिताले पनि प्रतिबन्ध लगाएको छ । विज्ञापनका रुपमा एडभोर्टेरियल नै छाप्नु परे त्यसको स्पष्ट जानकारी दिनुपर्ने प्रचलित व्यवस्था छ । तर भजन गाएको शैलीमा सिद्धार्थ बैंकको गुणगान गाएर कम्पनीले नै समाचार बनाई मिडिया हाउसहरुमा पठाएको खुलासा भएको छ ।

यता आफुहरुले गैर कानुनी काम गरेको स्वयम् कम्पनीले पनि स्वीकार गरेको छ । सबैलाई इमेल पठाउने सोम श्रेष्ठले आफुहरुले गलत काम गरेको भए पनि आफ्नो कम्पनीमा आएका नयाँ भाइले नजानेर त्यसो गरेको बताएका छन् । उनले आफ्ना नाममा कम्पनीमा काम गर्ने कसैले मिडियाहरुलाई इमेल पठाएको दाबी गर्दै आफ्नो कम्पनीका तर्फबाट भूल भएको र त्यसलाई सच्याउने दाबी गरेका छन् । तर उनले यसो भन्दा उनले पठाएका ती सामाग्री विभिन्न मिडियामा प्रकाशित भईसकेका छन् ।

यता विज्ञापन बोर्डले पनि यस्तो काम गैरकानुनी भनेको छ । विज्ञापन बोर्डले यस्ता विषयमा उजुरी आएको खण्डमा कारवाही प्रक्रिया अगाडी बढ्नेसमेत जनाएको छ । सोम श्रेष्ठ र उनी कार्यरत कम्पनी ब्लिज मिडियाविरुद्ध विज्ञापन बोर्डमा उजुरी गर्ने प्रक्रियामा केहि अगाडी बढिसकेका छन् ।

ब्लिज मिडियाले सिद्धार्थ बैंकको काम हेर्दै आएको छ । यता मिडियालाई कम्पनीको गुणगान गाउनेगरी गैरकानुनी रुपमा समाचार भनेर भजन प्रकाशन गर्न लगाउने कम्पनीले सो वापत मिडियालाई कुनै पैसा नदिए पनि बैंकबाट भने मोटो पैसा असुल्न लागेको स्वयम् कम्पनीका कर्मचारीहरु बताउँछन् ।

यता बैंकले भने यस विषयमा बैंकलाई कुनै पनि जानकारी नभएको दाबी गरेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्