काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति रौतहटका दुई पालिकाले शोक बिदा दिएका छन् । राजपुर नगरपालिका र परोहा नगरपालिकाले विज्ञप्ती जारी गर्दै शोक बिदा दिएका हुन् ।
पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त गर्दै परोहा नगरपालिकाले आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले बताए । उनका अनुसार अस्पतालको आकस्मिक सेवा बाहेक सबै कार्यालय तथा शैक्षिक संस्था बन्द रहने छ ।राजपुर नगरपालिकाले जारी गरेको विज्ञप्तीमा ‘यस राजपुर नगरपालिकाको नगर प्रमुख डा. मोहम्मद राजीक आलमज्यूको बुवा आदरणीय मोहम्मद अफताब आलमज्यूको असामयिक निधन प्रति नगरपालिका परिवार गहिरो शोक संवेदना व्यक्त गर्दै शोक बिदा दिइएको ब्यहोरा उल्लेख छ ।’
आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् । यस अघि ईशनाथ नगरपालिकाले शोकमा आज सार्वजनिक बिदा दिएको हो ।जिल्लाका तीन स्थानीय तहले आज (आइतबार) शोक बिदा दिएका छन् । काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचाररत आलमको शनिवार बिहान निधन भएको थियो ।
आलमको निधनप्रति शोक व्यक्त गर्दै नेपाली काँग्रेसले पनि मंगलबारसम्मका लागि आफ्नो सबै कार्यक्रमहरू स्थगित गर्दै झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्