Skip to content
nabil bank inside

पाठकपत्र:  ‘सुजित सर, त्यसपछि मैले सदाका लागि एनआईसी छोडें, यी कुरा नबुझे तपाईंकै नेतृत्वमा बैंक नडुब्ला भन्न सकिन्न’

nmb bank inside
म प्रदेश १ मा विना कुनै ठोस कारण सरुवा गरिएको कर्मचारी थिएँ । घर काठमाडौं भए पनि, अर्जुन खनियाँको तानाशाही व्यवहारका कारण अन्ततः मैले बैंक छोड्ने निर्णय गरेँ ।
बैंक छोडे पनि मेरा साथीभाइ अझै पनि त्यहीँ छन्, त्यसैले संस्थाभित्र के भइरहेको छ भन्ने कुरा म आज पनि राम्ररी बुझ्छु । करिब १४/१५ वर्षपछि अधिकृत पदमा रहँदै बैंकबाट विदा लिएँ ।
अब म बैंकिङ गर्दिन । बैंकिङ सेवाप्रति नै वितृष्णा जगायो रोशन सर र सन्तोष सरको ‘कारखाना’ले । मैले बैंक छोड्ने कारण व्यक्तिगत होइन, संस्थाभित्र फैलिएको बेथितिसँग म लड्न नसकेको कारण थियो । अन्ततः आत्मसम्मान जोगाउँदै विदा लिएँ ।
नयाँ CEO आए पनि, यहाँ खास परिवर्तन हुने संकेत देखिँदैन । यस बैंकमा work-life balance भन्ने कुरा सपना जस्तो बनेको छ । वास्तवमा त कर्मचारीहरू सधैं अफिसमै थकित छन्, त्यो पनि बेलुकासम्म ।
युनियनलाई रोशन सर र सन्तोष सरले टेरेनन् । अझ सन्तोष सरले त युनियनको वार्षिक सञ्चालन खर्चसमेत रोकेर राखेका छन्, सिईओ हुनासाथ नदिएकोले खर्च नदिने भनेर । यो कुरा मैले हाम्रै प्रदेशको युनियनका भाइबाट थाहा पाएँ ।
अब त बैंक प्रख्यात होइन, बरु “work-life imbalance” को नाममा कुख्यात भइसकेको छ । राष्ट्र बैंकलाई थाहा नपाओस् भनेर कर्मचारीलाई ५:३० बजे आउट गराएर काम लगाउने, र बिदामा हाजिर नगर्नु भन्ने निर्देशन दिने- यिनै सन्तोष सर अहिले नायब प्रमुख छन् ।
अझ अचम्मको कुरा, नयाँ CEO आएकै दिन साँझ ५ बजे हेड अफिसमै भिजिट राखे रे, जबकि अफिस समय ४:३० मा सकिन्छ ।
भोलिपल्ट बिहान ८:४५ मा अर्को मिटिङ – जबकि official start time ९:३० पछि हो ।
स्टाफहरू भन्छन् – ‘सुजित सर पनि रोशन सरकै बाटोमा लाग्दै हुनुहुन्छ ।’
कर्मचारीलाई बिहान-साँझ मिटिङ राखेर र बिहानैदेखि काम लगाएर मात्र बैंक बन्ने सोच के यथार्थपरक हो ?
धेरैले भन्छन् – ‘सुजित सर भनेको रोशन सर र सन्तोष सरको mixture हुन् – नयाँ बोतलमा पुरानै रक्सी।’
यिनले पनि कर्मचारीलाई मूल्यवान सम्पत्ति भन्दा फाल्तु ठान्न थालेका छन् ।
हरेक दिन बिहान ८ बजे मिटिङ ? के उपलब्धि हुन्छ त्यसबाट ? बिहान ८ बजे मिटिङमा जान घरबाट ७ बजे हिँड्नुपर्छ- कहिले उठ्ने, कहिले खाने, कहिले छोरालाई स्कुल पुर्‍याउने ?
केवल मिटिङ गरेर बैंक चल्दैन । यही Trend ले रोशन सर र सन्तोष सरको पालामा बैंकलाई कमजोर बनायो, र अहिले फेरि उही दोहोरिँदैछ ।
प्रदेश १ का एक भाइले अस्ती भनेका थिए-
‘सुजित सर आउनासाथ पहिलो काम के भयो थाहा छ ? कार्तिक महिनाको payslip बाट कर्मचारीले पाउँदै आएको Dearness Allowance गायब ।’
पैसा काटिएको छैन, तर विवरणमा उल्लेख छैन ।
यो जानाजान गरिएको हो कि HR Head नारायण नेपालले सुजित सरलाई बदनाम गर्न यस्तो काम गरे, थाहा छैन ।
नारायण नेपालको नाम अस्तीमात्र मिडियामा आएको थियो- सायद त्यसैको बदलामा यस्तो काम गरिएको हुनसक्छ । यो बैंकमा whistleblowing system कागजमै सीमित छ । जसले साँचो कुरा बोल्छ, उसैको सरुवा हुन्छ ।
हाकिमका मान्छेका गुनासो आयो भने रेकर्ड मेटाइन्छ । Audit Head देखि सबै ‘रेकर्ड हटाउने’मा निपुण छन् ।
अडिटकै एकजनाको विरुद्ध whistleblow गर्दा, हालका प्रमुख कमल खड्का सरले आफैं रेकर्ड हटाउन लगाएको सुन्न पाइन्छ ।
अहिले झन् कमल सर नै Institutional Governance Committee मा छन् रे- लज्जास्पद कुरा ।
बिना आधिकारिक लिखित प्रमाण, बोलिको आधारमा कर्मचारीमाथि कारबाही गर्ने अभ्यास अझै रोकिएको छैन ।
खनियाँ सर अझै त्यही पुरानो ढर्रामा छन् – उहाँको बोली नै कानून जस्तो मानिन्छ ।
लिखित आदेश नभए पनि उहाँले ‘हाजिर रोक’ भन्नुभयो भने हाजिर रोकिन्छ ।
सामग्री र स्रोतहरूको दुरुपयोग पनि असंख्य छन् । कोभिड समयमा के कति खर्चमा के किन्नु भयो, र ती सामान अहिले कुन-कुन हाकिमको घरमा छन्- सबैलाई थाहा छ।
सामान नकिनी शाखामा नपुर्‍याई record मा गएको देखाउने, अनि reconcile गर्न निर्देशन आउने -यस्तो अभ्यास सामान्य भइसकेको छ ।
सवारीसाधनको दुरुपयोग त हेड अफिसको सरले श्रीमतीले सपिङमा गाडी लगेको मिडियामै आएको थियो ।
प्रदेश प्रमुखको छोरालाई क्यास बोक्ने गाडीले स्कुल पुर्‍याउनेसम्मका घटना छन्।
हाकिमहरू अफिसकै गाडी चढ्छन्, तर मर्मत र इन्धन खर्च बैंकबाटै पाउँछन् ।
अफिसको गाडी निजी काममा चलाउने, होटलमा बस्दा पनि भत्ता खाने – यस्तो प्रणालीले संस्थाको निष्ठा र इमान नै मारिदिएको छ ।
यहाँ official circular भन्दा पनि WhatsApp बाट निर्देशन आउँछ । राष्ट्र बैंक छल्ने अभ्यास संस्थागत बनिसकेको छ । उच्च व्यवस्थापनले अरबौं कमाइसके- दश पुस्ता पुग्नेगरी । सरकारी निकायले एकपटक निष्पक्ष छानबिन गरे भने, यो बैंकको इतिहास फेरिनेछ ।
‘Management call’ भन्दै गलत निर्णय ढाकछोप गर्ने प्रवृत्ति छ ।
कर्मचारीले गलत हो भन्यो भने सन्तोष सर भन्थे- ‘बाबू, धेरै दिमाग नलगाउ, बैंक हामीले चलाउने।’
कर्मचारीको अधिकार र सुविधामा आउँदा cost cutting को बहाना, तर हेड अफिसमा कार्यकारीहरूका लागि बैंककै खर्चमा चौरासी व्यञ्जन । युनियनले यसबारे आधिकारिक पत्र नै काटेको थियो ।
JA ले २२ हजार तलब पाउँछ, न कुनै सुविधा, न incentive, तर वरिष्ठहरूका लागि भोज र पार्टी सधैं चल्छ ।
त्यो नै कर्मचारीको वास्तविक असन्तुष्टि हो- त्यो पैसा कर्मचारीको मनोबल uplift गर्न प्रयोग हुन सक्थ्यो ।
स्टाफिङ कमिटिका प्रमुख राजेश रावल सरले भनेका थिए – ‘छठअघि आन्तरिक बढुवा आउँछ।’
तर अहिले बुझिँदैछ – सन्तोष राठी सरले प्रक्रिया रोकेका छन् ।
सिईओ नबन्दा अरूको प्रगति देख्न नसक्ने मानसिकता नै मुख्य कारण हो ।
Performance appraisal system पनि नामको मात्र छ ।
वार्षिक मूल्यांकन गर्न दुई वर्ष लाग्छ, अनि अन्त्यमा सबैको rating ‘Good’ नै हुन्छ ।
Junior Assistant ले रिटायर हुने बेला सम्म Junior Officer बन्ने मौका मात्र पाउँछ । 2080/81 को evaluation अझै फाइनल भएको छैन, 81/82 को सुरु नै भएको छैन ।
जोखिम अधिकृत दीपक ढकाल र लेखापरीक्षण प्रमुख कमल खड्का – यी दुईजनाले रोशन सरका गलत निर्णयमा सधैं साथ दिए । बोर्डसँगको निकटताले यी नै power center बनेका छन् ।
उनीहरूका अनुसार, ‘हामी नहुँदा बैंक चल्दैन।’
तर वास्तविकता के हो भने – आफ्नै स्टाफलाई दबाएर, OT नदिई, प्रमोशन रोकेर, आफू मात्र बढुवा हुने प्रवृत्ति नै बैंकको पतनको मूल कारण हो ।
राष्ट्र बैंक पनि मौन छ।
कर्मचारीका गुनासोहरूलाई ‘ठीकै छ’ भनेर पत्याउने परम्परा नै बनेको छ ।
खनियाँ सरले राष्ट्र बैंकको नाममा डर देखाएर बैंक नियन्त्रणमा राखेका छन् । त्यसैले अहिले ‘shadow CEO’ को शासन चलिरहेको महसुस हुन्छ ।
रञ्जन खड्का जस्ता व्यक्ति बैंकिङभन्दा बढी निजी काम र सम्बन्ध मिलाउनेमा सक्रिय छन् । यस्तो व्यक्तिलाई सरकारी पदकसम्म दिइनु नै विडम्बना हो ।
HR Department मा professionalism भन्दा favoritism हावी छ । नारायण नेपाललाई HR को गहिरो ज्ञान नभए पनि Deputy Manager बनेका छन् । एकपटक त कर्मचारीले रिसाएर हेल्मेटले हानेका थिए भन्ने कुरा प्रख्यात छ ।
सरुवामा मनपरी -अल्फाबेटिक सरुवा गर्ने सम्मका घटना ।
सुधीर पाण्डे सर जस्ता व्यक्तिहरूले यिनलाई टाउकोमा उठाएर राखेका थिए, त्यसैले सुधारको सम्भावना न्यून छ।
जयेन्द्र सरका भान्जा राष्ट्र बैंकमा भएकाले उहाँ पनि निडर छन्, कुनै उत्तरदायित्व लिँदैनन् । राजेश सरको त आशा नै सकिएको छ- Acting CEO हुँदा पनि सुधार ल्याउन सकेनन् ।
सर्कुलर कहिल्यै समयमा आउँदैन । शुक्रबार सबै घर गएपछि वा राति ८–९ बजे मात्र notice आउँछ ।
शनिबार शाखा खुल्ने हो कि बन्द – सूचना भोलि विहान आउँछ । यसले कर्मचारीको योजना, समय र मनोबल दुवै तोडिदिएको छ ।
संक्षेपमा – न्यौपाने, राठी, रावल, खनियाँ वा शाक्य – जसलाई CEO बनाए पनि,
यदि संस्थागत संस्कृतिमा परिवर्तन ल्याउने साहस गरेनन् भने, यो बैंकलाई डुब्नबाट कसैले पनि जोगाउन सक्दैन ।
अब तत्कालै कर्मचारीको मनोबल वृद्धि र विश्वास पुनःस्थापनामा ध्यान दिन जरुरी छ । नत्र, रोशन सर र सन्तोष सरले बिगारेको भवनमा सुजित सरले एउटा इँटा थप्ने बाहेक केही हुनेछैन ।
अन्त्यमा — सुजित सरलाई कार्यकालका लागि शुभकामना । आशा छ, उहाँबाट केही सकारात्मक परिवर्तन अवश्य देखिनेछ।
– हालसालै राजीनामा बुझाएका, प्रदेश १ का एक कर्मचारी
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्