Skip to content
nabil bank inside

माछापुच्छ्रे बैंकबाट जनताको लाखौँ रुपैयाँ ‘गायब’ भएको प्रकरण कहाँ पुग्यो ? खतिवडाले बोले सफेद झुट !

nmb bank inside

काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो बैंकबाट निक्षेपकर्ताको रकम गायब भएको चर्चित प्रकरणमा आफुलाई अपडेट नभएको जनाएको छ। केही समयअघि मात्र बैंकको रूपन्देहीको सम्मरीमाई गाउँपालिका–५, रोहिणीहवामा सञ्चालन भइरहेको ‘शाखारहित बैंकिङ सेवा’ कार्यालयमा स्थानीयले जम्मा गरेको करोडौँ रुपैयाँ हिनामिना भएको घटना सार्वजनिक भएको थियो। सो प्रकरणबारे अपडेट लिँदा बैंकले भने त्यस्तो घटनाबारे आफूलाई केही पनि जानकारी नभएको बताएको छ।

बैंकका सूचना अधिकारीले बैंकका कुनै पनि शाखारहित बैंकिङ केन्द्रमा त्यस्तो घटना नघटेको दाबी गर्दै अचम्मको प्रतिक्रिया दिएका छन्। अर्थखबरसँग कुराकानी गर्दै उनले भने, ‘त्यस्तो कुनै पनि घटनाबारे बैंकलाई थाहा छैन।’

तर यही अधिकारी खतिवडाले घटनाको समयमा विभिन्न मिडियामा बोल्दै घटना घटेको स्वीकार गरेका थिए। त्यतिबेला उनले भनेका थिए – ‘शाखारहित सेवाको जिम्मा लिएका व्यक्ति नै जिम्मेवार छन्, र उनीमाथि कानुनी कारबाही हुन्छ।’

तर अहिले सोही प्रकरणबारे सोध्दा उनले उल्टै त्यस्तो घटना नै नघटेको र आफुलाई केही पनि जानकारी नभएको दाबी गरेका छन् – जुन पूर्णरूपमा सफेद झूट ठहरिएको छ।

त्यतिबेला माछापुच्छ्रे बैंकको यो घटना निकै चर्चामा आएको थियो। लुम्बिनीस्थित शाखारहित बैंकिङ सेवामार्फत माछापुच्छ्रे बैंकमा पैसा जम्मा गरेका निक्षेपकर्ताको रकम बैंकको खातामा नै जम्मा नभएको खुलेको थियो। सो प्रकरणमा बैंकले नै कानुनी प्रक्रिया अघि बढाएको थियो।तर प्रश्न यथावत् छ — के निक्षेपकर्ताले पैसा फिर्ता पाए ?  के हिनामिना गर्ने व्यक्तिलाई सजाय भयो ?

यस विषयमा अपडेट लिँदा बैंकका सूचना अधिकारी खतिवडाले उल्टै त्यस्तो कुनै पनि घटना बैंकमा नघटेको भन्दै सफेद झूट बोलेका हुन् । यसरी सार्वजनिक रूपमा घटेको घटना ‘घटेकै छैन’ भनेर बैंकले नै अस्वीकार गरेपछि प्रश्न उठेको छ — कतै यो केस दबाइएको त होइन ? कतै निक्षेपकर्ताले पैसा नपाउने र दोषी सजायबाट उन्मुक्त हुने गरी बैंकले केस सेटल गरेको त होइन ? यता, बैंकका अन्य अधिकारीहरूले भने खतिवडाको भनाइलाई हास्यास्पद भनेका छन्।

ब्राण्डिङ विभागकी एक कर्मचारी भन्छिन् – ‘माछापुच्छ्रे बैंकमा ‘घोटाला’ भनेर गुगल गर्दा घटनाबारे विभिन्न मिडियामा प्रकाशित समाचारहरू सजिलै देखिन्छन्। मिडियाको ‘म’ नबुझ्ने मान्छेलाई ब्राण्डको प्रमुख बनाएर ल्याएपछि मिडियाले प्रश्न गर्दा यस्तै जवाफ आउँछ। कस्तो राम्रो काम भैरहेको थियो, सब खतिवडा सरले बिगार्न लागे।’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्