Skip to content

बिहीबार ह्वातै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वातै बढेको छ । आज सुन ५ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १७० रुपैयाँले बढेको हो । बुधबार ३ हजार १ सय ७५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्