Skip to content
nabil bank inside

माछापुच्छ्रेकि ‘सुनिता मिस’लाई प्रश्न- ‘बैंकमा किन जथाभावी गर्नुभएको?’, जवाफ -‘गल्ती भयो, माफी मागिसकेँ’

nmb bank inside

काठमाडौँ । माछापुच्छ्रे बैंकमा ब्राण्ड विभागमा काम गरिरहेकी सुनिता शर्मा ढकाल यतिबेला ‘विवाद’का कारण चर्चामा छिन् । गोप्य रहनुपर्ने सूचना चुहाएको, सीइओलाई अटेरी गर्दै मिडियाको रेट मनखुसी घटबढ गरेको लगायतका काम गरेर बैंकको ब्राण्डकै बदनाम गरेको चौतर्फी गुनासोपछि उनको रिप्लेसमेन्टमा सुनिल खतिवडालाई जिम्मेवारी दिईएको भन्दै उनी विवादमा तानिएकी हुन् । यस विषयमा हामीले उनै शर्मासँग केहि प्रश्न गरेका छौँ ।

१. चौतर्फी विवाद भएपछि तपाईंमाथि कारवाहीको तयारी गरेपछि तपाईंले बैंकबाट राजिनामा दिन्छु भन्नुभयो भन्ने सुनियो, कुरा के हो ?
– मैले राजिनामा दिएको छैन । म अफिसमै छु । तपाईंलाई कसले के इन्फर्मेसन दियो थाहा भएन । बाँकी रह्यो कारवाहीको कुरा, मलाई कारवाही गर्ने माथिबाट होला, तपाईंले माथि नै बुझ्नु भए राम्रो हुने थियो ।

२. तपाईंले एउटा मिडियालाई पठाउनुपर्ने इमेल अर्को मिडियालाई पठाएर मिडिया संचालकको गोपनियता भंग गर्ने र बैंकलाई पनि अफ्ट्यारो पार्ने काम गर्नुभयो भन्ने आरोप छ नि, हो भने यस्तो जथाभावी किन गर्नुभएको ? वा कुरा के हो ?
त्यस्तो भएकै हो । तर त्यो ह्युमन इरर थियो । मैले त्यति बेला नै गल्ती भएको भनेर स्वीकार पनि गरेको हो, माफी पनि मागीसकें । एउटा मिडियालाई मात्र होइन, धेरै मिडियालाई त्यसरी गलत इमेल गएकै हो । अरुले नर्मल्ली लिनुभयो । केहि मिडियाले यसलाई सिरियस लिनुभएर यति धेरै कुरा आएको हो ।

३. तपाईंले बैंकमा गोप्य रहनुपर्ने कुराहरु लिक गर्नुभएको कुराचाहिं के हो ?
– यसमा मैले केहि बोलिन । यस्तो इन्फर्मेसन मैले तपाईंलाई दिन पनि मिल्दैन । सुनिल सर इन्फर्मेसन अफिसर हुनुहुन्छ, उहाँसँग सोध्दा राम्रो हुन्छ । माथि सरहरुसँग कुरा गर्नुहोस् न ।

४. तपाईंले सीइओको निर्देशन विपरित मिडियाको रेट नै जवर्जस्ती घटाउने काम गर्नुभएको कुरा पनि बाहिर आयो, के हो ?
त्यो पनि ह्युमन इरर हो । त्यो गल्ती पत्ता लाग्नेबित्तिकै मैले ‘अपोलोजी इमेल’ पठाईसकेको छु । माफी नै मागिसकेको छु ।

५. तपाईंको सिनियरको पनि सरुवा हुने, तपाईंको जुनियरको पनि सरुवा हुने, तपाईंको मात्र नहुनेचाहिं किन भयो भनेर धेरैले प्रश्न गरिरहेका छन् नि ?
त्यो त मेनेजमेन्टलाई नै सोध्नुहोला । सरुवा बढुवा मेरो कुरा पनि होइन । म त जहाँ पठाए पनि त्यहीं जानुपरिहाल्यो नि । अव मेरो सरुवा किन भएन त ?, तपाईंहरुले मेनेजमेन्टलाई प्रश्न गर्नुपर्यो, एचआरलाई प्रश्न गर्नुपर्यो ।

६. धेरैले प्रश्न गरिरहेका छन्, न्युज लेख्नुअघि कुरा के रहेछ भनेर बुझ्नुपर्यो भनेर सोधेको, तपाईंको बारेमा तपाईंबाहेक अरुलाई सोध्नुभन्दा अघि तपाईंलाई नै सोध्नु ठिक होइन र ?
ल ल । जे जे लेख्न मन लाग्छ, लेख्नुहोस् ।

-यससम्बन्धि विशेष भिडियो रिपोर्ट आइतबार प्रकाशन हुनेछ । 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्