Skip to content
nabil bank inside

विज्ञापनमा मात्र होइन, आफु अनुकुल समाचार लेखाउन पनि एनआईसीले करोडौं खर्च गरेको खुलासा, दुई भाइको नेतृत्वमा गैरकानुनी काम !

nmb bank inside

काठमाडौँ । एनआईसीले मिडियाहरुमा निकै राम्रो बजेटको विज्ञापन गर्थ्यो, र गर्छ भन्ने धेरैलाई थाहा छ । ब्राण्ड प्रमोसनका लागि यो काम अन्यथा पनि होइन । तर कानुनले नै बर्जित गरेको काम अर्थात, विज्ञापनलाई पनि समाचारको रुप नै दिएर पैसा तिराएर समाचार लेखाउने काम एनआईसी एशिया बैंकबाट भएको पाइएको छ । यतिसम्मकि बैंकलाई नैतिक अफ्ट्यारो परेका बेला न्युनतम कानुनी मान्यतासमेतलाई अटेर गर्दै करोडौं रुपैयाँ खर्च गरेर आफु अनुकुल समाचार लेखाउन बैंक लागेको पाइएको छ ।

अर्थ खबरलाई प्राप्त विशेष प्रमाण अनुसार बैंकले एडभर्टेरियल समेत उल्लेख नगरी विभिन्न मिडियामा निकै पोजेटिभ देखिने समाचार पैसा तिराएर लेखाएको थियो । राम्रो समाचार पनि देखिने, जनतामा बैंक राम्रो छ भन्ने भ्रम पनि पर्ने र विज्ञापन पनि हालेको छैन जस्तो देखाउन बैंकले यस्तो गैरकानुनी काम गरेको पाइएको छ । नेपालको प्रचलित कानुनी व्यवस्था अनुसार विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गर्न पाइन्न ।

एनआईसीले सुरु गरेको यो काम सिटिजन्स बैंकले पनि पछ्याएको थियो । बैंकले प्रति समाचार यति रकम भनेर रेट नै तोकेर विभिन्न मिडियामा अहिले पनि समाचार लेखाउने सम्झौता गरेको छ ।यति सम्म कि एनआईसीले त सो समाचार पहिला आफुलाई देखाउनुपर्ने, बैंकबाट अप्रुभल हुनुपर्ने र त्यसपछि मात्र प्रकाशन गर्नुपर्ने भनेर सम्झौतामै उल्लेख गरेको छ । जवकि यस्तो कामलाई सम्पादकीय स्वतन्त्रका विरुद्धको काम मानिन्छ ।

यो काम एनआईसी एशियामा तत्कालीन सीइओ रोशन कुमार न्यौपाने र तत्कालीन अवस्थामा उनको असिस्टेन्टको भूमिकामा रहेका अर्जुन खनियाँको नेतृत्वमा भएको थियो । जसको संयोजन बैंकको ब्राण्ड विभागले गर्ने गरेको थियो । बैंककि कर्मचारी सोभाना तन्डुकारले यस्तो गैरकानुनी कामका लागि सम्झौता बनाउने र गराउने काममा सहयोग गरेकी थिइन् ।

बैंकमा नयाँ सीइओ आएपछि पनि यस्तो काम थप सुरु हुन लागेको देखिएको छ । तर यस्तो काममा चतुर देखिनेगरी शाक्यले भने अहिले विना सम्झौता आफु अनुकुल समाचार बनाउन लगाउने र चालु आर्थिक बर्षको अन्तिममा त्यसलाई बिलिङ गर्नेगरी व्यवस्था गराउन बैंकका मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

बैंकले बिगत केहि बर्षमा यसरी समाचारमै करोडौं लगानी गरेको पाइएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्