Skip to content

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीन बहादुर गुरुङ

nmb bank inside

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले देशको राजस्व खातामा धेरैभन्द धेरै पैसा जम्मा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफूजस्तो व्यवसायीहरुले जम्मा गरेको पैसाले नै देश बन्ने भन्दै त्यसकारण पनि देशको राजस्व खातामा धेरै रकम जम्मा हुनुपर्ने बताए ।

उनले भने, ‘मलाई आफ्नो देशको राजस्व खातामा पैसा कम जाओस भन्ने कुरा कहिले पनि मनमा आउदैँन् । जहिले पनि देशको राजस्व खातामा पैसा धेरैभन्द धेरै जम्मा गर्न सकौं । हामीले जम्मा गरेको पैसाले नै देश बनाउने हो । त्यसकारण कर जम्मा गर्नुपर्छ भन्ने मेरो विचार हो ।’यस्तै, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले ठूलो मात्रामा क्षति भएको भन्दै अब गम्भिर भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘गत भदौ २३ र २४ गते जेनजीको ठूलो आन्दोलन भयो र जेनजीहरुले दुई दिनमै सत्ता परिवर्तन गरिदियो । अब हामी गम्भीर भएर अगाडि बढ्नुपर्छ । यदि भएनौ भने यस्तो आन्दोलन अझै धेरै हुन सक्छ ।’

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्