Skip to content
nabil bank inside

माछापुच्छ्रे बैंककी कर्मचारीले ‘गोप्य विवरण’ लिक गरेको गुनासोपछि राष्ट्र बैंकले जारी गर्यो यस्तो सन्देश, अन्य कुरामा पनि ख्याल गर्न सुझाव !

nmb bank inside

काठमाडौं । नेपाल राष्ट्र बैंकले संवेदनशील कागजात र विवरणको प्रयोगमा उच्च सतर्कता अपनाउन सबैलाई सुझाव दिएको छ । माछापुच्छ्रे बैंककी ब्राण्ड विभागकी कर्मचारी सुनिता शर्माले क्लाइण्टका गोप्य विवरणहरु चुहाएको खबर सार्वजनिक भएपछि सो विषयलाई पनि सम्बोधन गर्दै राष्ट्र बैंकले गोप्य विवरणका विषयमा सजग हुन भन्दै सचेतना सन्देश जारी गरेको छ ।

केन्द्रीय बैंकले राहदानी, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, अन्य कुनै परिचयपत्र, क्रेडिट कार्ड, डेबिट कार्ड (एटीएम कार्ड)जस्ता आफ्ना निजी तथा संवेदनशील कागजात एवं विवरण जोकोहीलाई तस्बिर खिचेर पठाउने, सामाजिक सञ्जालमा अपलोड गर्ने, ई-मेल गर्ने तथा त्यस्ता कागजातको फोटोकपी दिनेजस्ता कार्यले संवेदनशील तथा व्यक्तिगत सूचना साइबर अपराध र वित्तीय ठगी गर्ने गिरोहसम्म पुग्न सक्ने राष्ट्र बैंकले चेतावनी दिएको छ ।

माछापुच्छ्रे बैंककी कर्मचारी सुनिता शर्माले क्लाइण्टको गोप्य रहनुपर्ने विवरण असम्बन्धित ठाउँमा पठाएर गैरकानुनी काम गरेकी थिइन् । उनले गरेकै गलत कामकै कारण क्लाइण्टको विवरण हदैसम्म दुरुपयोग भएको थियो ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्